सगरमाथा आरोही अग्रवाललाई सम्मान
gorkhapatraonline.com · Fri Jun 05 00:13:19 GMT 2026

मारवाडी समुदायबाट पहिलो सगरमाथा आरोही महिला प्रीति अग्रवाल (रत्तेरिया) लाई सम्मान गरिएको छ । गत जेठ ७ गते बिहान ५:५७ बजे सगरमाथा शिखरमा कीर्तिमान बनाएर काठमाडौँ फर्किएकी उहाँलाई अग्रवाल सेवा केन्द्र, नेपाल राष्ट्रिय मारवाडी परिषद्, मारवाडी सेवा समिति नेपाल, मारवाडी महिला मञ्च र मारवाडी युवा मञ्चको संयुक्त आयोजनामा बुधबार अभिनन्दनसहित सम्मान गरिएको हो ।
दी समिट फोर्स प्रालिको व्यवस्थापनमा पथप्रर्दशक पासाङ शेर्पा र निमा थिन्थक शेर्पासँगै सगरमाथाको शिखरमा पुगेकी उहाँको असाधारण साहस, दृढ सङ्कल्प र अथक् परिश्रमलाई बलियो प्रेरणाको स्रोतका रूपमा लिँदै नेपालमा बसोबास गर्दै आएका मारवाडी समुदायले सम्मान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)