सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन
ratopati.com · Mon May 18 23:05:08 GMT 2026

गण्डकी । जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट रु ४४ लाख ८ हजार ५०० राजस्व सङ्कलन गरेको छ । यस अवधिमा पाँच हजार २६३ सवारीसाधनका चालक कारबाहीमा परेका कार्यालयका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले जानकारी दिए ।
ट्राफिक नियम उल्लङ्घन गरी सञ्चालन भएका सवारीसाधनका चालकलाई कारबाही गर्ने गरिएको उहाँको भनाइ छ । वैशाख महिनामा २२ सवारीसाधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ । दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको र २६ जना घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)