याङ्वरकका २३ युवालाई केलाङ नृत्य प्रशिक्षण
barnanmedia.com · Mon May 12 22:19:46 GMT 2025

काठमाडौँ, ३० वैशाखः याङ्वरक गाउँपालिकाले २३ जना युवायुवतीलाई केलाङ (च्याब्रुङ) नृत्य प्रशिक्षण दिइएको छ । गाउँपालिकाको वार्षिक कार्यक्रमबमोजिम छ वटा वडाका युवा लक्षित पाँच दिने प्रशिक्षण सोमबार सम्पन्न भएको हो ।
याक्थुङ (लिम्बू) जातिको मौलिक नृत्य च्याब्रुङबारे नयाँ पुस्ता प्रशिक्षित नहुँदा समाजमा च्याब्रुङको सङ्ख्या कम हुँदै गएकाले यसको संरक्षणका लागि तालिम दिइएको गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्याले बताउनुभयो । “प्रशिक्षण पाएकाहरूले आफ्नो गाउँटोलमा अरुलाई पनि सिकाउने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)