२४ घण्टामा दुई हजार ४२ सवारीचालक ट्राफिक कारबाहीमा, १३ लाख ३३ हजार राजस्व संकलन
ajakoartha.com · Fri Jul 03 04:22:00 GMT 2026

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४२ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १३ लाख ३३ हजार राजस्व दाखिला भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ५६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२१, संकेत बत्ती उल्लंघनकर्ता ८७ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १७३ जनालाई कारबाही गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)