महिला आयोग बन्यो झगडाको थलो
annapurnapost.com · Sun Jul 31 00:30:00 GMT 2022
काठमाडौं : महिला आयोगकी अध्यक्ष कमला पराजुलीले शनिबार सामाजिक सञ्जालमा लेखिन्, ‘सरकार मलाई शान्ति सुरक्षा चाहियो। मउपर कुनै पनि समय कुनै पनि घटना हुन सक्ने संभावना यो परिदृश्यले संकेत गरेको छ। आज दिउँसो ५:३० बजे तस्बिरमा भएका पेसेवर व्यक्तिहरू मेरो घर र बस्तीमा आएर मेराविरुद्ध मनपरी तथानाम नारावाजी गरेर आंतक मच्चाएका छन्। यी व्यक्ति किन र कसरी कोबाट परिचालित छन् ? सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण होस्।’
तस्बिरमा उनका घरअगाडि सडकमा प्लेकार्ड बोकेको समूह देखिन्छ। यो कतै महिला आयोगको विवादको प्रतिबिम्ब त होइन भन्ने यसले देखाउँछ। तर, पराजुलीले ती व्यक्ति को हुन् भन्ने जानकारी र पहिचान नभएको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)