यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
deshsanchar.com · Mon May 12 23:10:29 GMT 2025

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पनि स्थिर छ । अमेरिकी डलरको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ २७ पैसा र बिक्रीदर १५१ रूपैयाँ ९४ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रूपैयाँ ४० पैसा र बिक्रीदर १८० रूपैयाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६१ रूपैयाँ ३७ पैसा र बिक्रीदर १६२ रूपैयाँ आठ पैसा कायम गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)