मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

नकरात्मकता विरूद्ध  जेसुम अभियान, ठिमीमा संस्कृति र सम्पदा उजागर गर्दै सृजना

barnanmedia.com · Mon May 12 23:17:45 GMT 2025

भक्तपुर– पदयात्रा, स्थानिय कला, सँस्कृति, सम्पदा अवलोकन अनि सिर्जना । चित्रकारले क्यानभासमा, साहित्यकारहरुले शब्दमा अनि रंगकर्मीहरुले अभिनयमा । स्थानीय सम्पदा र संस्कृृतिलाई सिर्जनाका माध्यमबाट प्रबद्र्धन गर्ने र समाजमा सकरात्मकता फैलाउने उदेश्यले स्रष्टाहरुको एक स्वतन्त्र समुहको अगुवाईमा सातबर्ष अघि ‘जेसुम यात्रा’ नामक अभियान शुरु भएको थिए । यो अभियानको पछिल्लो श्रृंखला भक्तपुरस्थित सम्पदा शहर मध्यप्र थिमिमा सोमबार सम्पन्न भएको छ ।

विहान ८ बजे मध्यपुर थिमीस्थित शंखधर साख्वा चोकमा भेला भएका साहित्यकार, लेखक, पत्रकार र चित्रकारहरुको समुहले थिमि उकालो हुँदै मल्कालीन बालकुमारी मन्दिर, लोकेश्वर, लायकु दरबार, गंगा महारानीको पालामा निर्मित निगूपुखू (दुई पोखरी), दिगु भैरव, सिद्धिकाली, चापाचो (पोटरी स्क्वायर) अवलोकन गरेको थियो । त्यसपछि गार्चा हुँदै नगदेशको तिकीझ्याः (सुनको आँखी झ्याल), सिद्धिगणेश, बोडेस्थित पलेस्वाँ पुखू (कमल पोखरी), पाँचो गणेश (जिब्रो छेड्ने जात्राको उद्गम स्थल) लगायतको सम्पदा क्षेत्र अवलोकन गर्दै स्रष्टाहरुको समुह कुमारी मन्दिर पार्क पुगेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)