मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गत आवमा रू १६ अर्बको तरकारी आयात

abhiyandaily.com

काठमाडौं । गत आर्थिक वर्षमा नेपालमा रू. १६ अर्ब बराबरको ५ लाख ७९ हजार मेट्रिक टन (मेटन) विभिन्न प्रकारका तरकारी आयात भएको छ भने रू. १३ करोड बराबरको करीब ६ हजार मेटन तरकारी निर्यात भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०१९।२० मा ३९ लाख ६२ हजार मेटन बराबरको तरकारी आयात भएको देखिन्छ ।

मुलुकको कुल तरकारीको मागमा आयातको अंश करीब ११ प्रतिशत बराबर रहेको छ । १० वर्षअगाडि नेपालको तरकारी बजारमा आयातको अंश करीब ४ प्रतिशत मात्र रहेको थियो । विगत १३ वर्षको अवधिमा तरकारीको आयातको औसत वार्षिक वृद्धिदर करीब २७ प्रतिशत रहेको छ । कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार विगत १० वर्षमा तरकारीको औसत आर्थिक वृद्धिदर करीब करीब २ दशमलव ५ प्रतिशत मात्र रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)