मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विराट कोहलीको नाममा

kalakarmi.com · Mon May 12 23:55:39 GMT 2025

काठमाडौं– भारतीय क्रिकेटका स्टार ब्याट्सम्यान विराट कोहलीले १२ मे २०२५ अर्थात बुद्ध पूर्णिकाको दिन टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । कोहलीले १४ वर्ष लामो टेस्ट करियरमा १ सय २३ टेस्ट खेल्दै ९ हजार २ सय ३० रन बनाएका छन्, जसमा ३० शतक र ३१ अर्धशतक समावेश छन् । कोहलीको टेस्ट क्रिकेटमा औसत ४६ दशमलव ८५ रहेको छ ।

कोहलीले २०११ मा वेस्ट इन्डिजविरुद्ध टेस्ट डेब्यू गरेका थिए र २०१४ देखि २०२२ सम्म भारतको टेस्ट कप्तानी सम्हालेका थिए । उनको कप्तानीमा भारतले ६८ टेस्टमध्ये ४० जितेको थियो, जुन भारतीय टेस्ट इतिहासमा सबैभन्दा सफल कप्तानको रूपमा मानिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)