बोरिङकै कारण भासियो जमिन
gorkhapatraonline.com · Tue May 13 00:02:25 GMT 2025

काठमाडौँ, वैशाख ३० गते । बिस वर्षअघि गरिएको इन्जिनियरिङ अध्ययनमै मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ गैरीगाउँलाई खतरापूर्ण भनिए पनि लापरबाही गरेर बोरिङ गरेपछि गाडी भासिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत खानी तथा भूगर्भ विभागको प्रारम्भिक अध्ययन अनुसार सिङ्क होल (जमिन भासिनु) निर्माण हुनुमा जमिनमुनि रहेको मसिनो माटोलाई पाइपिङका माध्यमबाट निष्कासन हुनु नै मुख्य कारण पाइएको छ ।
खानी तथा भूगर्भ विभागका महानिर्देशक मोनिका झाले अध्ययन कार्य सम्पन्न गरी प्रतिवेदन तयार गरिएको र अध्ययनले जमिनमुनिको पानी बाहिर निकालिएपछि जमिन भासिएर खाल्डो परेको निष्कर्ष आएको बताउनुभयो । उहाँले भन्नुभयो, “भौगर्भिक अध्ययनका अनुसार लामो समय सिल्ट मिसिएको पानी निष्कासन हुँदा यसले जमिनभित्र नयाँ भ्वाङ पार्ने र त्यहाँ भएका पुराना भ्वाङहरूलाई ठुलो पार्छ । गैरीगाउँमा जमिन भासिएको घटना पनि यस्तै नै हो ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)