मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्वतन्त्रलाई फकाउन–दबाउन राज्य शक्ति परिचालित

ekantipur.com · Fri Apr 29 00:36:07 GMT 2022

भरतपुर — ‘कृपया मलाई बागी भनेर नलेख्नुहोला है !’ भरतपुर महानगरको मेयर पदका प्रत्याशी जगन्नाथ पौडेलले आफ्नै निवासमा अनुरोध गरे, ‘मैले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उठेकै होइन, भरतपुरमा कांग्रेसको उम्मेदवार नै छैन । कोही उठेको भए पो मलाई बागी भन्न मिल्थ्यो ।’

वरिष्ठ अधिवक्तासमेत रहेका ७१ वर्षीय पौडेलले यो पनि भने, ‘आधिकारिक रूपमा पार्टी केन्द्रले मेरो उम्मेदवारी अस्वीकार गरे पनि कांग्रेसको उम्मेदवार म मात्रै हुँ ।’ २०४९ मा भरतपुरको उपमेयरमा निर्वाचित पौडेल २०५४ मा राष्ट्रिय सभा सदस्य भएका थिए । भरतपुरको मेयरमा सत्ता गठबन्धनले माओवादी केन्द्रकी रेनु दाहाललाई उठाएपछि असन्तुष्ट बनेका नेता पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । शीर्ष नेताले भने जस्तै पूर्ण गठबन्धन कुनै पनि जिल्लामा बनेको छैन । देशका ७ सय ५३ स्थानीय तहका ३५ हजार २ सय २१ पदमा गठबन्धनकै तर्फबाट दोब्बरभन्दा बढी अर्थात् ७४ हजार ७ सय २४ जनाले उम्मेदवारी दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)