मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कोरोनाको दोस्रो लहर र स्वास्थ्य संकटकाल

abhiyandaily.com

समयमा नै जिम्मेवार नबन्दा समस्या भयावह

अहिले नेपालमा कोरोना भाइरसको दोस्रो लहरको सुनामी आएको छ । भारतीय कोरोना भेरिएन्ट (वी १.६१७) लाई त्यहाँ सुनामीकै नाम दिइएको छ । केही महीना पहिले मात्र भारतमा कोरोनाको दोस्रो लहर आइसक्दा यता नेपालमा भने कोरोना नै छैन वा सकिएजस्तो गरेर नागरिकहरूमा सतर्कता अपनाउनुपर्छ भन्ने ज्ञान त पलाएन पलाएन, सरकारमा बसेकाहरू र जिम्मेवार राजनीतिक दलहरू नै सामान्य स्वास्थ्य मापदण्डको पालना गर्नमा समेत चुकेकै हुन् । स्कूलहरू भौतिक रूपमा खोलिनु हुन्नथ्यो, ती खोलिए । सभा समारोहको आयोजना र सत्तारूढ दलका विभिन्न धारहरूले गरेका राजनीतिक भेला वा सरकारमै रहेका दलभित्रै पनि विभिन्न गुट उपगुटीय भेलाका कारण यो कोरोना संक्रमण पैmलिनमा थप ऊर्जा मिल्यो । यता स्वास्थ्य विज्ञहरूबाट आउने खबरदारीको कसैबाट वास्ता गरिएन । अरू त के कुरा भीडभाडमा मास्क लगाउनुपर्छ भन्ने सामान्य ज्ञानलाई पनि लŒयाइएको पाइयो । सार्वजनिक यातायातमा त त्यस कुरालाई धोती नै लगाएको देखियो । अत्यन्त भीडभाड हुने धार्मिक मठमन्दिरहरू पनि खुले, जुन अहिले खोल्नै हुन्नथ्यो । कमसेकम खोपको सुनिश्चितता नभएसम्मका लागि ती खोलिनु हुन्नथ्यो । भारतको महाराष्ट्रमा आइसकेकोे कोरोनाले नेपालमा पनि कुनै न कुनै बेला धक्का दिन्छ भन्ने सामान्य ज्ञानसम्मको हेक्का कसैलाई, खास गरेर सरकारमा बस्नेहरूमा भएन । लाखौंको संख्यामा भारतीय क्षेत्रमा काम गर्न जानेहरू पुनः कोरोना त्रासका कारण स्वदेश फर्कन्छन् र तिनले त्यहाँबाट कोरोना संक्रमण पनि ल्याउँछन् भन्ने सानो हेक्कासमेत रहेन ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)