मंगल चौथीमा किन बसिन्छ गणेशको व्रत ?
onlinekhabar.com · Tue May 23 00:45:54 GMT 2023
मंगल चौथी आज परेको छ । यस दिन गणेशको व्रत बस्दा धनदेखि मनले चिताएको सम्पूर्ण पूरा हुने विश्वास गरिन्छ । मंगलबार मंगल ग्रहले प्रतिनिधित्व गर्ने बार हो । त्यस्तै चतुर्थी तिथि भगवान गणेशजीको उत्त्पति भएको तिथिको रुपमा लिइन्छ । गणेशजी जन्मिएको दिन मंगलबार र चतुर्थी तिथिको संयोग परेकाले त्यस दिनलाई मंगल चौथी भनिएको हो । यसलाई ‘मङ्गल चतुर्थी’ र ‘अङ्गारक चतुर्थी’ पनि भन्ने गरिन्छ।
यस्तो संयोगलाई गणेशको पूजाआराधना र प्रसन्नताका निम्ति अत्यन्त महत्त्वपूर्ण तिथिका रूपमा लिइएको छ । मंगल चौथीको दिन गणेश भगवानको स्मरण गर्दै व्रत बस्ने वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरुको परम्परा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)