ग्यास लुकाउने भण्डारी ट्रेडर्सलाई ५० हजार जरिवाना
gorkhapatraonline.com · Sat Mar 14 16:57:49 GMT 2026

जिल्ला प्रशासन कार्यालय कास्कीले खाना पकाउने ग्यास लुकाउने एक डिलरलाई ५० हजार रुपियाँ जरिवाना गरेको छ । प्रशासनले शनिबार गरेको अनुगमनको क्रममा पोखरा महानगरपालिका वडा ६, जरेबरमा रहेको भण्डारी ट्रेडर्समा ४८ वटा ग्यास सिलिण्डर लुकाएको फेला परेको थियो ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले ग्यास लुकाएर कृत्रिम अभाव बनाएकाले ५० हजार जरिवाना गरिएको जानकारी दिनुभयो । “ग्यास लुकाएर कृत्रिम अभाव बनाएकाले जरिवाना गरेका छौँ, यहाँ एउटा सिलिण्डरबाट अर्को सिलिन्डरमा ग्यास सार्ने उपकरण पनि भेटिएको छ” उहाँले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)