मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भूमिगत सिँचाइ प्रणाली प्रभावकारी बन्दै

ratopati.com · Sat Mar 14 17:13:43 GMT 2026

जनकपुरधाम । भूमिगत सिँचाइ प्रणाली कृषि उत्पादकत्व बढाउनका लागि प्रभावकारी हुँदै गएको छ । मधेस प्रदेश सरकारले सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले धनुषा तथा महोत्तरीलगायत जिल्लामा स्थापना गरेका भूमिगत सिँचाइ प्रणालीले किसानलाई ठुलो राहत भएको जनाइएको छ ।

आकासे पानीको भरमा नहर एवम् नदीनालाबाट सिँचाइको व्यवस्था नभएको अवस्थामा किसानका लागि यो प्रविधि वरदान साबित भएको महोत्तरीको बर्दिबास नगरपालिका—२ का किसान रमेश साहको भनाइ छ । यस प्रविधिबाट खेती सिँचाइ मात्र नभई दैनिक उपभोगमा पनि सहज भएको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)