डष्टी कार्गो आयातका समस्या हल गर्न संघको माग
rajdhanidaily.com · Tue Jan 31 23:49:49 GMT 2023
वीरगन्ज । सीमा क्षेत्रमा भएको डष्टी कार्गो आयात लगायतको समस्या हल गर्न माग गर्दै वीरगन्ज उद्योग बाणिज्य संघको टोलीले नेपाल सरकारको अर्थ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई भटेको छ । वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष सुबोध कुमार गुप्ताको नेतृत्वमा गएको संघका पदाधिकारीको टोलीले सोमबार काठमाण्डौ पुगी डष्टी कार्गो आयातमा देखिएका समस्या लगायत वीरगन्ज पथलैया औद्योगिक क्षेत्रका नीजि क्षेत्रका समस्या हल गर्न माग गर्दै मन्त्रीहरुलाई भेटेको हो ।
गएको पुस २४ गते अर्थात जनवरी ८ तारिख यता डष्टी कार्गो साविकको वीरगन्ज भन्सार नजिकको मितेरी पुलतर्फको बाटोबाट सीधा ल्याउन भारततर्फबाट रोकिएको छ । भारतको रक्सौल पश्चिम तर्फ रहेको नेपाल भारत संयुक्त भन्सार जाँच चौकी ( आइसिपी ) तर्फबाट ल्याउँनु पर्ने नियम बनेपछि नेपाली आयातकर्तालाई त्यहाँको सडक संजालस्तरीय नहुँदा समस्या भोगिरहेका छन् । साँघुरो सडक संजाल हुँदा सो सडकको कारण विलम्ब र पार्किङ्ग शुल्क तथा डिटेन्सन चार्ज तिर्न बाध्य भई यस्तो समस्या भोगिरहेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)