राष्ट्रपतिमा सघाउन प्रचण्डसँग कांग्रेसको प्रस्ताव, माओवादी छलफलमै
Ujyaaloonline.com · Mon Feb 20 01:03:22 GMT 2023
काठमाण्डाै - राष्ट्रपति चुनावको लागि मनोनयन गर्ने दिन नजिकिँदै गर्दा दलहरुबीच भेटवार्ता बाक्लिएको छ ।
मुख्य सत्तारुढ दल नेकपा एमालेले पुस १० को सहमति अनुसार आफ्नै दलबाट राष्ट्रपति उम्मेदवार बन्ने दाबी गरिरहेको छ भने प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले प्रधानमन्त्रीसँग भएको समझदारी अनुसार कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्ने दाबी गर्दै आएको छ । राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडान लिँदै आएको सत्तारुढ माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)