मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमसीसीमा घर्किंदै समयसीमा, दलहरूको आ-आफ्नो अडान

aarthiknews.com · Sun Feb 13 01:03:00 GMT 2022

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सँगको सम्झौता अनुमोदनका लागि दिइएको समय घर्किंदै गए पनि दलहरू आआफ्नो अडानबाट ‘टसमस’ भएका छैनन् । एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउन प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफैले दिएको समयसीमा सकिन अब १४ दिनमात्रै बाँकी छ । तर, एमसीसी सम्झौता संसद्मा छलफलका लागि समेत पेश हुने संकेतसम्म देखिएको छैन ।

सत्ताको बागडोर सम्हालेको नेपाली कांग्रेसभित्र नै तत्काल एमसीसी सदनमा लगेर पास गर्नुपर्ने पक्षमा देखिएको छ भने माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितका दलहरू भने एमसीसी तत्कालै अघि बढाउने पक्षमा देखिएका छैनन् । एमसीसीमा भएका कतिपय बुँदा संशोधन गरेपछि मात्र सदनमा अघि बढाउनुपर्ने अडानबाट माओवादीसहितका दलहरू एक इन्च पनि पछि नहट्दा एमसीसी सम्झौता अनुमोदनका लागि प्रक्रियामै जान सकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)