आईएमएस ग्रुपको ३०औं वार्षिकोत्सव सम्पन्न
abhiyandaily.com
काठमाडौं (अस) । सामसुङ लगायत मोबाइल फोनको वितरक कम्पनी आईएमस ग्रुपले ३०औं वार्षिकोत्सव सम्पन्न गरेको छ । गत शनिवार कम्पनीको ३०औं वार्षिकोत्सव कार्यक्रम गरिएको हो । कम्पनीले सामसुङ स्मार्टफोन र कोरियाली लक्जरी ब्रान्ड– साङ्योङ मोटर्सको विक्री गर्दै आएको छ ।
साथै फिनटेक, ई–कमर्श, बेबी केयर, कृषि, आतिथ्य, बैंकिङ र बीमा, शिक्षा, घरजग्गा आदि लगायत कारोबार पनि सो समूहले गर्दै आएको छ । कम्पनीका अध्यक्ष दीपक मल्होत्राले ३० वर्षको यात्रा स्मरणीय रहेको बताए । ‘यो हाम्रो विगत तीन दशकको स्मरणीय यात्राको उत्सव हो । हामी यहाँसम्म आइपुग्नुमा हाम्रा प्रत्येक सदस्यको उत्तिकै योगदान छ,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)