मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

उद्घाटन खेलका लागि मेक्सिको र दक्षिण अफ्रिका मैदानमा, घन्कियो राष्ट्रिय गान

ratopati.com · Thu Jun 11 19:00:01 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ को पहिलो तथा उद्घाटन खेलका लागि आयोजक मेक्सिको र दक्षिण अफ्रिकाका खेलाडीहरू मैदानमा प्रवेश गरेका छन् । ऐतिहासिक एस्टेका रङ्गशालामा अहिले खेल सुरु हुनुअघिको औपचारिक प्रक्रिया अन्तर्गत दुवै देशको राष्ट्रिय गान बजिरहेको छ।

मैदानमा सबैभन्दा पहिले भ्रमणकारी टोली दक्षिण अफ्रिकाको राष्ट्रिय गान बजाइएको छ । रङ्गशालामा उपस्थित ८० हजारभन्दा बढी दर्शकहरूको उत्साहजनक उपस्थिति र हुटिङका बिच खेलाडीहरू खेलका लागि तयार देखिएका छन् ।

यसअघि, एक भव्य समारोहका बिच विश्वकपको औपचारिक उद्घाटन गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय