मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

थाहा पाइराख्नुस् आज भाइटीकाको दिनको मौसम

nepalpress.com · Thu Oct 27 01:00:28 GMT 2022

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम सफा रहेको छ ।

आज तिहारको मुख्य दिन भाइटीकामा टीका लगाउन जाने दिदीबहिनी तथा दाजुभाइलाई मौसम सफा हुने हुनाले त्यति अवरोध हुने छैन । प्रदेश १, वागमती र गण्डकीका सीमित ठाउँमा मात्र हल्का वर्षाको सम्भावना छ । राति पनि अधिकांश ठाउँमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)