मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालकुमारी घटना अनुसन्धान गर्न उच्चस्तरीय आयोग बनाइने

nayapatrikadaily.com · Mon Jan 01 00:34:00 GMT 2024

दुई युवाको ज्यान गएको बालकुमारी घटना अनुसन्धान गर्न सरकारले उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सत्तागठबन्धन दलका शीर्ष नेताहरूसँगको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वन्यायाधीशको नेतृत्वमा आयोग गठन गर्ने जानकारी गराएका हुन् ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले आयोग गठनको निर्णय गर्नेछ । सोमबार बिहान ८ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्ने टुंगो लागेको छ । ‘बालकुमारी घटनाको निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गर्ने सहमति भएको छ,’ एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले भने, ‘अब बस्ने मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्नेछ ।’

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)