पहिलो ठूलो परीक्षामा प्रशिक्षक एनिस
ekantipur.com · Thu Jun 15 00:46:32 GMT 2023
काठमाडौँ — फिलिपिन्स उड्नु अगाडि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिस भन्थे, तत्कालका लागि मेरो सबै ध्यान मनिलामा हुने खेलमै छ । भारतको बेंग्लोरमा हुने साफ च्याम्पियनसिप २०२३ को ६ दिनअघि नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फिलिपिन्सको सामना गर्दै छ ।
टिम सम्हालेयता एनिसको यो नेपालका लागि तेस्रो खेलमात्र हुनेछ । अहिलेसम्म खेलेका दुई खेल लाओस र भुटानविरुद्ध छन् । त्यो थ्री नेसन्स कपमा हो । यी दुवै खेलमा नेपाल अपराजित छ । भलै, भुटानविरुद्ध पहिलोपल्ट बराबरी खेलेको अपजस उनकै टाउकोमा छ । तर, यी दुई टिमको तुलनामा फिलिपिन्स फरक प्रतिद्वन्द्वी हो । बलियो प्रतिद्वन्द्वी हो । यी सब अर्थमा प्रशिक्षक एनिसका लागि फिलिपिन्ससँगको खेल पहिलो ठूलो परीक्षा हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)