मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

किरात गोल्डकप फुटबल : मोरङको गोल वर्षा

annapurnapost.com · Tue Dec 05 01:06:23 GMT 2023

फिदिम : पाहुना टोली भारतको युनाइटेड फुटबल क्लब दार्जिलिङविरुद्ध गोल वर्षा गर्दै मोरङको डाँगीहाट फुटबल क्लब (डीएफसी) फिदिममा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित किरात गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। सदरमुकामस्थित फिदिम माविको मैदानमा सोमबार भएको खेलमा दार्जिलिङलाई ६–३ गोलले पराजित गर्दै मोरङ सेमिफाइनल प्रवेश गरेको हो।

मोरङको सानदारमा अभिषेक लिम्बू र सञ्जय धिमालले दुई/दुई गोल गरे। मोरङका उमेश राई र अरुण लिम्बूले एक÷एक गोल गरेका थिए। पहिलो हाफमा गोल गर्न नसकेको दार्जिलिङले दोस्रो हाफमा तीन गोल फर्काएको थियो। दार्जिलिङका रोहित थापा, आशिष राई र गणेश लिम्बूले एक÷एक गोल गरे।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)