सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ६९ करोड ९ लाखको भ्रष्टाचार- ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
newsofnepal.com · Mon Apr 17 00:49:20 GMT 2023
काठमाडौं । सुरक्षण मुद्रण केन्द्रले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ६९ करोड ८ लाख ८१ हजार ८ सय ५४ रुपियाँ ७० पैसा हिनामिना गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने क्रममा करोडौं रकम हिनामिना भएको खुलेको हो । यसअघि सानातिना भ्रष्टाचारमा मात्र अल्झिएको आरोप खेप्दै आएको अख्तियारले पहिलोपटक आइतबार अहिलेसम्मकै सबैभन्दा ठूलो रकमको भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दायर गरेको छ ।
आयोगले केन्द्रका कार्यकारी निर्देशकसहित ९ जनाविरुद्ध आइतबार सुरक्षण मुद्रणका लागि आवश्यक विद्युतीय पूर्वाधार खरिदमा भ्रष्टाचार गरेको पुष्टि भएको दाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को विभिन्न दफाअनुरूप कैद सजायसहित बिगोसमेत असुलउपर गर्न मागदाबी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)