क्रिकेटमा पहिलो रातो कार्ड पाउने खेलाडी बने पोलार्ड
neplays.com
क्रिकेटमा स्लो ओभर रेटका कारण पहिलो पटक रातो कार्ड देखाइएको छ । यो कार्ड क्यारेबियन प्रिमियर टी-२० लिगमा प्रयोगमा आएको हो । आइतवार त्रिनबागो नाइट राइडर्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबीचको खेल थियो । पहिलो फिल्डिङ राइडर्स टोलीले रातो कार्ड पायो। राइडर्सले अन्तिम तीन ओभरमा ढिलो बलिङ गर्यो र टोली आवश्यक ओभर रेटमा धेरै पछाडि थियो।
जसका कारण १९ औं ओभरपछि अम्पायरले टोलीलाई रातो कार्ड देखाएका थिए । राइडर्सका कप्तान पोलार्डले अन्तिम ओभरमा स्पिनर सुनिल नारायणलाई मैदानबाट बाहिर पठाए । त्यसपछि नरेनले आफ्नो ४ ओभर पूरा गरिसकेका थिए । अन्तिम ओभरमा १० खेलाडी मात्रै मैदानमा उत्रेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)