कमजोर वित्तीय अनुशासनको परिणाम
gorkhapatraonline.com · Mon May 18 23:33:07 GMT 2026

सार्वजनिक वित्त व्यवस्थापनको कमजोर संरचना, संस्थागत अनुशासन अभाव र जवाफदेहिताको सङ्कटबिच नेपालमा बेरुजु निरन्तर उकालो लाग्दै गएको छ, जसले आर्थिक सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ । बेरुजु बर्सेनि बढ्दै जानु अब साधारण लेखा त्रुटिको परिणाम मात्र नभई सार्वजनिक वित्त व्यवस्थापनमा देखिएको गहिरो संरचनात्मक समस्या, कमजोर संस्थागत अनुशासन र जवाफदेहिता अभावको स्पष्ट प्रतिविम्ब बनेको अर्थविद्हरू बताउँछन् ।
सार्वजनिक खर्च प्रणालीभित्रको संरचनात्मक कमजोरी र कमजोर नियन्त्रण संयन्त्रको परिणामका रूपमा देखिँदै आएको नेपालको बेरुजु साढे सात खर्ब रुपियाँ नाघेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औँ वार्षिक प्रतिवेदन (२०८१/८२) अनुसार आर्थिक वर्ष २०८१/८२ सम्म कुल बेरुजु सात खर्ब ५५ अर्ब १७ करोड रुपियाँ पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)