मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

कस्तो रहला तपाईँको चैत महिना ? हेर्नुहोस् मासिक राशिफल

ratopati.com · Sat Mar 14 18:51:26 GMT 2026

२०८२ चैत्र महिनाको राशिफल ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मेष राशि हुनेहरूका लागी सूर्य खर्च भावमा । बुध लाभ भावमा । शुक्र ११ गतेसम्म खर्च भावमा र १२ गतेबाट राशिमा । बृहस्पति र शनि क्रमशः पराक्रम भावमा र खर्च भावमा । मङ्गल १९ गतेसम्म लाभ भावमा र २० गतेबाट खर्च भावमा । राहु लाभ भावमा र केतु विद्या भावमा गोचर गरिरहेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा खर्च भावमा गोचर गर्ने सूर्यको प्रभावले बुवा वा आफन्तको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । व्यावहारिक तथा आर्थिक उतारचढाव आउनेछ । राज्यको नजिक रही काम गर्नेहरूले काममा ढिला सुस्ती तथा काम बिग्रने हुँदा राज्यलाई दण्ड जरिवाना तिर्नु पर्ने हुन सक्छ । राज्यको नुन खाएकाहरूले नियम सङ्गत काम गर्न नसक्दा नोकरीमा असजिलो परिस्थितिको सामना गर्नु पर्नेछ । मुटु, आँखा तथा हड्डी सम्बन्धी रोगीहरूले विशेष ध्यान दिनु पर्नेछ । महिनाको सुरुमा खर्च भावमा गोचर गर्ने शुक्रले बिलासी सामानको किनमेलमा रुपैयाँ पैसा खर्च हुनेछ भने महिनाको अन्ततिर खर्च भावमा गोचर गर्ने मङ्गलको प्रभावले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनु पर्नेछ । शनिको आद्य शाढेसातीको प्रभाव महिनाभर रहनेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला । जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ । तर पनि अन्य ग्रहको अनुकूल प्रभावले ठुलाबडा तथा विशिष्ट व्यक्तिहरूको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । भाग्यले साथ दिने हुनाले सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । गीतकार, सङ्गीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । पराक्रम भावमा गोचर गर्ने बृहस्पतिको अनुकूल गोचरका कारण स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रमा लगानी गरी धन तथा सम्पत्ति आर्जन गर्न सकिनेछ । माया प्रेम गर्नेहरूले आफ्नो मायालुको साथ पाउनेछन् । काम वा अध्ययनको सवालमा लामो दुरीको विदेश यात्राको योग रहेको छ । अटोपार्टस, निर्माण सामाग्रीको कामबाट आर्थिक उन्नति गर्न सकिने तथा विकास बजेट खर्च गर्नेहरूका लागी समय फलदायी रहनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)