मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कार्यकर्ता आलोचनात्मक चेत हुन्, लम्पट होइनन्

rajdhanidaily.com · Tue Mar 30 23:36:22 GMT 2021

हरेक पार्टीका कार्यकर्ता आलोचनात्मक चेत हुन् । आलोचनात्मक चेत भनेको पार्टीलाई सत्मार्र्गमा हिँडाउने सुझाव सूत्र हो, न कि निन्दा । आलोचना र निन्दाबीचको फरक सूक्ष्म हुन्छ । आलोचनामा करुणा रहन्छ भने निन्दामा घृणा र अहंकार । आलोचनामा सुध्रियोस् भन्ने हुन्छ भने निन्दामा अर्काको आत्मालाई चोट पुगोस् । पापको विरोध गर्नु आलोचना हो भने पापीको विरोध गर्नु निन्दा । यस अर्थमा कार्यकर्ता भनेका सुझावबिनाको निन्दा मात्र गर्ने न अराजक भिड हो, न नेताले जे गरे पनि अन्धभक्त भई स्विकार्ने लम्पट ।

आजकाल कार्यकर्तामाथि लम्पट भएको आरोप लाग्ने गरेको छ । यो आरोपको एउटै आधार छ, नेताका गलत कदमविरुद्ध बोल्न सकेनन् । जे गरे पनि ठीक हो भन्दै पछि लागे । तर, कार्यकर्ताको आफ्नै पीडा छ । त्यो पीडा के हो भने सत्ता शक्तिमा हुदाँ नेतावाट अपहेलित हुुनुपर्ने अनि आन्दोलन गर्नुपर्ने दिन आउँदा चाहिँ मुख्य नेता नै बनिदिएर आन्दोलनको अगुवाइ गरी बलिदानी हुनुपर्ने । यति मात्र होइन, कार्यकर्ताले दैनिक रूपमा जनताका सुखदुःखमा साथ दिनुपरेको छ । जनताका समस्यालाई सरकारसमक्ष र सरकारका योजना कार्यक्रम जनतासमक्ष राख्नेगरी सरकार र जनताबीच पुलको काम पनि गरिरहनुपरेको छ । तर, ती कार्यकताले गाउँदेखि ल्याएका सवाललाई नेताहरू महत्व दिँदैनन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)