प्रिमियर लिगमा टोटनहमले नटिङ्घम फरेस्टलाई दुई गोलले हरायो
Ujyaaloonline.com · Sat Dec 16 00:48:17 GMT 2023
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले नटिङ्घम फरेस्टलाई हराएको छ । गएराति भएको खेलमा टोटनहम २–० गोलले विजयी भयो । उसका रिचार्लिसनले पहिलो हाफको इन्जुरी समय र डेजन कुलसेभ्सकीले खेलको ६५औँ मिनेटमा गोल गरे ।
टोटनहम ७०औँ मिनेटमा १० खेलाडीमा सीमित भयो तर त्यसपछि पनि नटिङ्घम फरेस्ट खेलमा फर्कन सकेन । जितसँगै टोटनहम १७ खेलमा ३३ अंककासाथ तालिकाको पाँचौँ स्थानमा छ । समान खेलमा १४ अंक रहेको नटिङ्घम फरेस्ट १६औँ स्थानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)