अन्जु पन्त भन्छिन ‘थिरले मलाई चोखो प्रेम दिएका छन् खुशी छु’
livemandu.com · Sun Feb 14 18:07:18 UTC 2021
पाली सुगम संगीतका चर्चित गायिका अञ्जु पन्त विवाहको तयारीमा छिन्। उनले चाँडै नै थीर कोइरालासँग विवाह गर्ने तयारी गरिरहेकी छन्। आउँदो महिनामा विवाह बन्धनमा फेरी बाधिने खबर बाहिरीए संगै अञ्जुले अहिले सम्म यस बारे खुलेर मिडियामा बोलेकी थीइनन । आज एक सार्वजनिक कार्यक्रम मा बोल्दै गर्दा अन्जु पन्त ले विवाह गर्ने खबर सहि भएको भन्दै श्रीमान को तारिफ समेत गरेकी छिन् ।सुरुमा विवाह बारे नबोल्ने भनेकी अन्जु पन्तले अन्त्य मा हुनेवाला श्रीमान को तारिफ गर्दै एउटा मिठो रोमान्टिक गित समेत गाएर आफ्नो खुशी व्यक्त गरेकी छिन् ।
केही समय अगाडि अञ्जु पन्तले छोरी पारितोषिकालाई डेब्यू गराएको गीत ‘धेरै माया नदेउ मलाई’ गीतको प्रमोशनमा विवाहको प्रसँग धेरै निष्किएको बताएकी थिइन्। अञ्जुलाई छोरी पारितोषिकाले विवाह गर्न दबाब दिएको अन्जुले दिने प्राय: हरेक अन्तर्वार्तामा पनि भन्दै आएकी थिइन्।यता, विवाहबारे अहिले भने परिवारको निर्णयलाई नै कुरेको कोइरालाको भनाइ छ। अञ्जुलाई थीरले टेलिभिजन अन्तवार्ताको क्रममा भेटेका थिए। २०१३ काे अन्त्यतिर पहिलोपल्ट भेट भएपनि सम्पर्क नियमित नभएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)