मुहार फेर्दै डिभिजन वन कार्यालय बाँके
ratopati.com · Mon Jan 05 22:27:56 GMT 2026

बाँके। डिभिजन वन कार्यालय बाँकेले कार्यालयलाई आधुनिक, प्रविधिमैत्री डिजिटल र सेवामैत्री बनाउने लक्ष्यसहित भौतिक निर्माण, पुनः संरचना र सौन्दर्यीकरण (बगैँचा) निर्माण तीव्र रूपमा गरिरहेको छ । जीर्ण अवस्थामा रहेको कार्यालय परिसर निर्माण, मर्मत सम्भार गर्दै संरचनात्मक सुधार र दृश्यात्मक आकर्षण थप्ने कामको औपचारिक शुभारम्भ गरिएको हो ।
डिभिजन वन कार्यालयका सिनियर डिभिजन वन अधिकृत शङ्करप्रसाद गुप्ताले भने, “हामीले चालु आर्थिक वर्षदेखि यस कार्यालयलाई नयाँ र आकर्षक बनाउने उद्देश्यले आवश्यक मर्मत सम्भार र केही भौतिक संरचनाको निर्माण सुरु गरेका छौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)