अल्जेरियालाई पाखा लगाउँदै स्विट्जरल्याण्ड पहिलोपटक अन्तिम १६ मा
nepalviews.com · Fri Jul 03 05:02:52 GMT 2026
काठमाडौं । फिफा विश्वकपमा स्विट्जरल्याण्डले अन्तिम १६ को भिडन्त सुनिश्चित गरेको छ । अल्जेरियालाई पराजित गर्दै स्विट्जरल्याण्ड अन्तिम १६ को यात्रामा प्रवेश गरेको हो । विश्वकपमा उसको यो पहिलो अन्तिम १६ प्रवेश हो ।
स्विट्जरल्याण्डले अल्जेरियालाई २-० गोलले पराजित गर्यो । स्विट्जरल्याण्डको जितमा ब्रिल एम्बोलो र ड्यान एनडोएले गोल गरे । पहिलो हाफको १० औँ मिनेटमा गोल गर्दै एम्बोलोले स्विट्जरल्याण्डलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ४६ औँ मिनेटमा एनडोएले गोल थपे । सन् १९७५ पछि नकआउट चरणमा स्विट्जरल्याण्डले दुई गोल गरेको यो पहिलोपटक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)