एमाले नेता खनालको स्वास्थ्यमा क्रमिक सुधार - देखापढी
dekhapadhi.com · Fri Jun 18 17:24:00 GMT 2021
काठमाडौं। कारबाहीमा परेका एमाले नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ। दिल्लीस्थित अपोलो अस्पतालमा उपचार गराइरहेका खनालको ज्वरो घटेको र अन्य समस्यासमेत सुधार भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा केही व्यक्तिले नेता खनालको स्वास्थ्यका विषयमा गलत प्रचार गरेका छन्। त्यस्ता व्यक्तिलाई कारबाही गर्न स्वकीय सचिव भट्टराईले माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)