मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लिभरपुलको शीर्ष चारको प्रयास जारी

ekantipur.com · Sun Apr 23 00:29:48 GMT 2023

लन्डन — लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्ष चार स्थानका लागि आफ्नो प्रयास कायम राखेको छ र यसका लागि उसले शनिबार नटिङ्घम फरेस्टलाई ३–२ ले हरायो । एनफिल्डमा भएको पाँच गोलको रोमाञ्चक खेलमा मोहमद सलाहले लिभरपुलका लागि निर्णायक गोल गरे ।

अन्य दुई गोल डिएगो जोटाले गरे । यो जितपछि लिभरपुल ३१ खेलबाट ५० अंकमा सातौं स्थानमा रह्यो । शनिबारका अन्य खेलमा लेस्टर सिटीले उल्भ्सलाई २–१ ले हराएर रेलिगेसनबाट बच्ने सम्भावना जीवन्त राख्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)