रुसी सेनामा नेपालीको मृत्यु : शोकमाथि डीएनएको सास्ती
ekantipur.com · Thu Mar 21 00:38:06 GMT 2024
काठमाडौँ — टेकराज बस्नेत सुनसरीबाट काठमाडौं आएको हप्ता दिन भयो । तर, यो एक सातामा उनले यहाँ दुःख र हैरानी सिवाय केही पाएका छैनन् । एकातिर रुसी सेनामा भर्ती भई मृत्यु भएका कान्छा भाइ क्षितिजको शोक छ भने अर्कोतिर राज्यले देखाइरहेको अमानवीय व्यवहारको चोट खेप्दै उनी काठमाडौंमा सास्ती खेपिरहेका हुन् ।
गत कात्तिक २ गतेदेखि युक्रेनको युद्धग्रस्त लुहान्स्क क्षेत्रबाट सम्पर्कविहीन भएका भाइको मृत्यु भएको भन्दै कन्सुलर विभागले फोन गरेर उनलाई शव पहिचानका लागि डीएनएको नमुना दिन काठमाडौं बोलाएको हो । तर, यहाँ आएको एक सातामा उनले कहिले कन्सुलर विभाग, कहिले प्रहरी प्रधान कार्यालय त कहिले टिचिङ अस्पतालको सास्तीपूर्ण चक्कर काट्दैमा समय बिताइरहेका छन् । एकातिर डीएनएको नमुना कहाँ संकलन गर्ने हो भन्ने अन्योल छ भने अर्कोतिर शोक र सन्तापमा गलिरहेका ७० वर्षीय वृद्ध बाआमा र भाइबुहारीको रोदनयुक्त चीत्कार । टेकराज काठमाडौंमा चक्कर काट्दा काट्दै फतक्कै गलिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)