दिलिपको छोरी दिब्य पनि नायिक
rajdhanidaily.com · Sun Mar 03 00:01:41 GMT 2024
काठमाडौं । अभिनेता दीलिप रायमाझीकीछोरी दिब्या रायमाझी पनि नायिकाको रुपमा चलचित्रमा आएकी छिन् । उनी नयाँ चलिचत्र ‘एक्टर’मा अनुबन्धित भएकी हुन् । चलचित्र एक्टरमा अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा रहेका छन् । अब प्रदीपसँग दिब्याको जोडी चलचित्रको पर्दामा देख्न पाईने भएको छ ।
यो चलचित्रमा छोरी नायिकाको रुपमा अनुबन्धित भएकोमा अभिनेता एवम् दिब्याको पिता दिलीप रायमाझी र आमा मञ्जु रायमाझीले खुसी व्यक्त गरेका छन् । दिब्या अमेरिकामा भएकाले दिलिप र मञ्जुले छोरीको लागि निर्माण टिमसँग सम्झौता गरेका छन् । दिब्या भने यो चलचित्रको छायाँकनको लागि अर्को महिनामात्र नेपाल आउँदै छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)