मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै

ratopati.com · Sat Mar 14 21:47:48 GMT 2026

दाङ । घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि गुर्जेखोलादेखि बेलझुन्डीसम्मका विद्युत् पोल हटाइएको छ । नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रअन्तर्गत पर्ने सोही क्षेत्रमा पोल हटाएर चार लेन सडक निर्माणको कामलाई अघि बढाइएको छ ।

घोराहीको सर्रादेखि घोराही बजारसम्मको पोल निकाल्ने काम भइरहेको छ । अबको केही समयमा घोराही कार्यक्षेत्रका सबै पोल हटाउने गरी तयारी थालिएको घोराहीस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका साइड इन्चार्ज भुपेन्द्र बाँठाले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)