मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिरहाको गोसाइ डाँडा ताल: पर्यापर्यटनको सङ्गम

ratopati.com · Thu Jan 15 23:27:38 GMT 2026

सिरहा । चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै सूत्रमा बाँध्दै सिरहाको लहान नगरपालिका–१५ मा रहेको ‘गोसाइ डाँडा ताल’ अहिले आन्तरिक पर्यटकको नयाँ आकर्षण बन्दै गएको छ । झवाई खोल्सी क्षेत्रभित्र सामुदायिक वनको पहलमा निर्माण गरिएको यो तालले पर्यापर्यटनसँगै जलवायु अनुकूलन र स्थानीय आर्थिक उत्थानलाई एकैसाथ जोडेको छ ।

पानीमा देखिने दृश्य, चारैतिर फैलिएको हरियाली वन र तालमा डुङ्गा चढेर रमाइरहेका आन्तरिक पर्यटकहरूले झवाई खोल्सी क्षेत्रलाई अझ जीवन्त र आकर्षक बनाएको छ । पाँच वर्षअघि सामुदायिक वन उपभोक्ता समूहको पहलमा निर्माण गरिएको ‘गोसाइ डाँडा ताल’ अहिले लहान क्षेत्रकै प्रमुख आन्तरिक पर्यटकीयस्थलका रूपमा क्रमशः विकास हुँदै गएको झवाई खोल्सी चुरिया डाँडा सामुदायिक वनका अध्यक्ष लगनलाल चौधरी बताउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)