कर्णाली गरिब छ भन्ने लघुताभाषलाई चिर्न ‘कर्णाली उत्सव’
shilapatra.com · Tue Jan 31 01:02:17 GMT 2023
पेसाले अध्यापक हुन्– कमल लम्साल । मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अन्तर्राष्ट्रिय सम्बन्ध र शान्ति विषय अध्यापन गर्छन् । लम्सालले अध्ययन अध्यापनका सिलसिलामा धेरै देश घुम्ने मौका पाए । त्यस क्रममा ती देशको रहनसहन, आर्थिक, सामाजिक, राजनीतिक, प्रशासनिक क्षेत्रको अध्ययन मात्रै होइन, आर्थिक समृद्धिका लागि अपनाइएका विकासे मोडेलबारेमा जानकारी पाए । अनि, विकसित राष्ट्रहरूले अवलम्बन गरेका विकास मोडेलसँगै शासन प्रणाली, अर्थतन्त्र सुधारका नीति, शिक्षा, स्वास्थ्य र आमनागरिकको अधिकार प्रत्याभूति र मौलिक अधिकारका बारेमा सूक्ष्म रूपमा बुझ्ने मौका पनि कमलले पाए । त्यही सूक्ष्म ज्ञानले कमललाई काठमाडौंबाट कर्णाली फर्कायो ।
नेताका भाषणमा सीमित कर्णाली समृद्धिको नारा शासकका व्यवहारमा उतार्न चाहन्छन्– कमल । अथाह सम्भावना बोकेको कर्णालीका नदीनाला, वनजंगल, जडीबुटी, कृषिउपजको यथोचित प्रयोगमा जोड दिँदै मुगुको रारा, सुर्खेतको काँक्रेविहार, दैलेखको पञ्चकोसी, जुम्लाको सिञ्जा, डोल्पाको शे–फोक्सुण्डोजस्ता पर्यटकीय क्षेत्रको प्रचारप्रसार मात्रै होइन, आकर्षक गन्तव्यका रूपमा विकासका लागि खास रोडम्याप कोर्ने उनको योजना छ । भ्रष्टाचाररहित सुशासनयुक्त प्रशासन र नीतिगत सुधार भए मात्रै कर्णाली समृद्ध हुन्छ भन्ने लाग्छ– कमललाई ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)