धनुषामा थपिए १२ हजार मतदाता
deshsanchar.com · Wed Aug 10 15:09:07 GMT 2022
जनकपुरधाम – धनुषामा १२ हजार १९४ मतदाता थपिएका छन्। प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका अनुसार धनुषामा विगत डेढ महिनाको अवधिमा उक्त सङ्ख्यामा मतदाता थपिएका हुन्।
स्थानीय तहको निर्वाचनपश्चात २०७९ असार १ गतेदेखि साउन १९ गतेसम्म निर्वाचन आयोगले सङ्कलन गरेको फोटोसहितको मतदाता नामावलीमा ६ हजार ९ सय ९८ पुरुष र ५ हजार १९ महिला मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णचन्द राउतले जानकारी दिए। जिल्ला बाहिरका तीन सय १२ पुरुष र एक सय ३८ महिला मतदातासमेत थपिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)