आईपीएलको हजारौं खेलमा मुम्बईको जित
ekantipur.com · Mon May 01 00:38:15 GMT 2023
मुम्बई — इन्डियन प्रिमियर लिगको ऐतिहासिक हजारौं खेलमा मुम्बई इन्डियन्सले आइतबार नाटकीय जित निकालेको छ । टिम डेविभडले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गरेपछि मुम्बईले राजस्थान रोयल्सलाई छ विकेटले पराजित गर्यो ।
अस्ट्रेलियाली डाभिडले १४ बलमा ४५ रन बनाए र मुम्बईले १९.३ ओभरमा चार विकेट गुमाएर २ सय १४ रन बनायो । त्यस अगाडि राजस्थानले ओपनर यशस्वी जयसवालको १ सय २४ रनको मदतले सात विकेटमा २ सय १२ रन बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)