मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

तिहार पर्व सांस्कृतिक मूल्य

gorkhapatraonline.com · Tue Oct 25 00:41:07 GMT 2022

तिहार पर्वमा काग, कुकुर, लक्ष्मी, गाईगोरु, गोवर्धन पर्वत तथा दाजुभाइ र दिदीबहिनीको पूजा गर्ने गरिन्छ भन्ने तिमीहरुलाई थाहै छ तर यसको अर्थ भने सबैलाई थाहा नहुन सक्छ । तिहार हामी नेपालीको सांस्कृतिक पर्व हो । दशैँपछि लगत्तै आउने यो चाड दशैँपछिको सबैभन्दा ठूलो पर्व हो । हरेक वर्ष कात्तिक कृष्ण पक्षको त्रयोदशीदेखि शुक्लपक्षको द्वितीयासम्म मनाइने यो पर्व यस वर्ष यही कात्तिक ६ गतेदेखि १० गतेसम्म रहेको छ । यस पर्वमा काग, कुकुर, गाई, गोरु, गोवर्धन पर्वतका साथै दाजुभाइ तथा दिदीबहिनीको पूजा हुने गर्छ, जुन भाइबहिनीलाई पनि थाहै हुनुपर्छ तर तिनका उद्देश्य के हुन् भन्ने कुरा भने थाहा नहुन सक्छ । त्यसैले यहाँ यसको महत्व र उद्देश्यका बारे चर्चा गरौँ है त ।

काग भनेको पन्छी प्रजातिको प्राणी हो । पन्छीहरू वातावरणीय सन्तुलनका दृष्टिले महìवपूर्ण मानिन्छन् । उनीहरूले बालीनालीमा लाग्ने कीरा खाएर हामीलाई जुन गुन लगाएका हुन्छन् त्यो आफैँमा बिर्सिनसक्नु छ । त्यसैले उनीहरूकै प्रतिनिधि पात्र मानेर कागको पूजा गर्ने परम्परा बसाइएको हो तर अझै पनि हामीबीच कतैकतै कागले नराम्रो सन्देश ल्याउँछ भन्ने मान्यता पाइन्छ । त्यसैले उनीहरू नजिक आएर कराए भने शुभ बोल भन्दै धपाउने गरिएको देखिन्छ । यसलाई कतै राम्रो भन्न सकिन्न, राम्रो मान्न सकिन्न ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)