बौडी पहिरोमा परेर चार घाइते
newsofnepal.com · Sat Aug 10 14:02:54 UTC 2024
बाजुरा।
बाजुराको हिमाली गाउँपालिकाको वडा नं तिनको बौडी पहिरोमा परी ४ जना घाइते भएका छन् । खर्कबाट घर फर्किने क्रममा बीच बाटोमा आएको पहिरोमा परि तीन वालिकासहित एक जना वृद्ध घाइते भएका हुन् । घाइते हुनेमा हिमाली गाउँपालिका वडा नं तिन बौडीकी १३ वर्षीया प्रेमकला बुढा, १० वर्षीया ललिता बुढा, मानबहादुर रोकायाकी १५ वर्षीया अनिता रोकाया र ५० वर्षीय हंस बुढा हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)