लोमन्थाङमा भदौ ३० मा गल्फ
ekantipur.com · Wed Sep 06 16:43:00 GMT 2023
पोखरा — विश्वकै अग्लो दाबी गरिएको मुस्ताङ गल्फ कोर्समा दोस्रो गल्फ च्यालेन्ज हुने भएको छ । मुस्ताङको लोमन्थाङ गाउँपालिकाले ४ हजार ६ सय ४५ मिटर उचाइमा रहेको लोवथाङमा भदौ ३० मा एमेच्योर गल्फ प्रतियोगिता हुने भएको हो ।
उपल्लो मुस्ताङको लोमन्थाङबाट १२ किलोमिटर उत्तर–पश्चिममा रहेको लोवथाङमा गत वर्ष पहिलो गल्फ च्यालेन्ज गरेर सफल परीक्षण भएको थियो । गण्डकी प्रदेश गल्फ संघका संयोजक इन्द्रधारा विष्टले गत वर्षको प्रतियोगिताले विश्वका गल्फप्रेमीको ध्यान खिचेकाले यस वर्ष पुनः आयोजना गर्न लागेको बताए । पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले विश्वकै उच्च गल्फ कोर्सको रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउन प्रतियोगिताले सहयोग पुर्याउने उल्लेख गरे । हालसम्म भारतको पूर्वी सिक्किममा ३ हजार ९ सय ७० मिटर उचाइमा रहेको याक गल्फ कोर्सको नाममा यो कीर्तिमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)