ट्राफिक सेवा जनमुखी बनाइँदै
gorkhapatraonline.com · Tue May 19 00:12:29 GMT 2026

विश्व सडक सुरक्षा सप्ताह–२०२६ को अवसरमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सेवा प्रवाहलाई प्रभावकारी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । चेतनामूलक अभियानलाई प्राथमिकता दिँदै आएको ट्राफिक प्रहरीले पारदर्शिता, आपसी विश्वास र उत्तरदायित्वलाई जनमुखी बनाउने भएको छ ।
सप्ताहका अवसरमा कार्यालय र मातहत कर्मचारीका पीरमर्का तथा गुनासो सुनुवाइ कार्यक्रम गरी साङ्गठनिक सुधारको पनि पहल गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले भन्नुभयो, “सङ्गठनभित्र पारदर्शिता, आपसी विश्वास, उत्तरदायित्व तथा कर्मचारीमैत्री कार्य वातावरण निर्माण गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी र जनमुखी बनाइने छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)