मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लगानीकर्ताको समस्यामा सहजीकरण गर्न अर्थमन्त्रीको निर्देशन

abhiyandaily.com

काठमाडौं (अस) । अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्ताको समस्यामा तत्काल सहजीकरण गर्न लगानी बोर्डका अधिकारीहरूलाई निर्देशन दिएका छन् । आइतवार बानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा भएको लगानीकर्ताहरूसँगको छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले उक्त निर्देशन दिएका हुन् ।

अर्थमन्त्री शर्माले आयोजनाहरूको अवधि लम्बिनु कसैको पनि हितमा नहुने भन्दै लगानीकर्तालाई समयमै समस्याको जानकारी गराउन आग्रह गरेका छन् । ‘आयोजनाको निर्माण अवधि लम्बिँदा लगानी बढेर घाटा हुन्छ,’ उनले भने, ‘एउटा आयोजनाको फाइल डेढ महीनादेखि रोकिएको कुुरा आयो, यस्तो जानकारी समयमै हामीलाई गराउनुहोला । यसले सरकारलाई सहजीकरण गर्न र समस्याको समाधान गर्न छिटो अनि सहज हुन्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)