महँगियो तिहार
ekantipur.com · Tue Oct 25 00:56:30 GMT 2022
काठमाडौँ — तिहार भन्दाबित्तिकै तपाईं के सम्झिनुहुन्छ ? पक्कै सयपत्री, मखमली, गोदावरी फूल, झिलिमिली बत्ती अनि सप्तङ्गी टीका तपाईंहरूको मनमा आउँछ । काजु, बदामलगायत मिश्रित भाइमसला, फलफूल पनि तिहारमा कहाँ भुल्न सकिन्छ र !
यिनै सामग्री किनमेलका लागि काठमाडौं उपत्यकालगायत देशका सहरबजारमा अहिले चहलपहल बढेको छ । ललितपुरको लगनखेल, काठमाडौंको असनलगायत बजारमा सर्वसाधारणको भीड छ । मूल्य बढ्ने, आफूले खोजेको सामान नपाउने भन्दै धनतेरसअघि नै सामान किनेका पनि उत्तिकै छन् । बिदाको सदुपयोग गर्दै शनिबार असन पुगेकी सुधिरा भण्डारी प्रत्येक सामानको मूल्य बढेकामा चिन्तित थिइन् । उनी प्रत्येक वर्ष भाइमसला, फलफूलसँगै ढाकाटोपी किन्थिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)