अफगानिस्तानविरुद्ध बंगलादेशको रोमाञ्चक जित
farakdhar.com · Fri Jul 14 17:11:18 GMT 2023
अफगानिस्तानविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा घरेलु टोली बंगलादेशले २ विकेटको रोमाञ्चक जित निकालेको छ । योसँगै दुई खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।
शुक्रबार राति सम्पन्न खेलमा अफगानिस्तानले दिएको १ सय ५५ रनको विजयी लक्ष्य बंगलादेशले १९.५ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो । उसका लागि तोहिद हृदयले अविजित ४७, शमिम हसैनले ३३, शाकिब अल हसनले १९, कप्तान लिटन दासले १८ र नाज्मुल हसन सान्तोले १४ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)