मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप :मनाङ मर्स्याङ्दी क्लब खप्तड गोल्डकपको फाइनलमा प्रवेश
mahendranagarpost.com · Wed Mar 09 14:56:09 GMT 2022
कैलाली – ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको आज भएको खेलमा मनाङ मस्र्याङ्दी क्लब फाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालामा भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै मनाङ फाइनलमा पुगेको हो ।
खेलको निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा मनाङले बाजी मार्यो । पेनाल्टीमा मनाङका अञ्जन विष्ट, रुपेश केसी, मौसा अबागाना र पुजन उपरकोटीले गोल गरे । हिमालयनका उलिच सिवे र पिस्टन मुटाम्बाले गोल गरे । विशाल श्रेष्ठ र विवेक पण्डित पेनाल्टीमा गोल गर्न चुके ।
स्रोतमा पूरा पढ्नुहोस् (mahendranagarpost.com)